३. शिक्षामा पहुँच बढाउन विशेष व्यवस्था गरिनेछ ।
यस नीतिअन्तर्गत निम्नकार्यनीतिहरू हुनेछन् ःः
♦ मागमा आधारित सघन साक्षरता कार्यक्रम
♦ अनौपचारिक शिक्षामा महिलालाई प्राथमिकता दिइनेछ ।
♦ स्वयंसेवी र सहयोगी व्यक्तिहरू परिचालन गरिनेछ ।
♦ खुला विद्यालय र खुला विश्वविद्यालयमार्फत् समकक्षी कार्यक्रम चलाइनेछ ।
♦ विभिन्न निकायहरूलाई अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत खुला विद्यालय, पेसागत शिक्षालय र व्यावसायिक शिक्षालयहरू सञ्चालन गर्न अनुमति तथा सहयोग प्रदान गरिनेछ ।
♦ स्वयंसेवी र सहयोगीहरूका लागि तालीम सामग्री विकास गरिनेछ ।
♦ जीवनोपयोगी तथा व्यावसायिक तालीम सञ्चालन गरिनेछ ।
♦ मौखिक साक्षरता कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ औपचारिक शिक्षा कार्यक्रममार्फत् अनौपचारिक मोडबाट समकक्षी स्वरूपको शिक्षा प्रदान गरिनेछ ।
♦ रोजगारी दिने संस्था÷व्यक्तिलाई अनिवार्य रूपले आफ्ना श्रमिकहरूलाई स्तरअनुसारको अनौपचारिक शिक्षा प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
♦ दुर्गम र सहरी बस्तीका भित्री भागमा बसेका बालबालिका, युवायुवती, दलित, महिला, धार्मिक समूह, जाति, जात विशेष तथा बालश्रमिकलाई कामको प्रकृति हेरी विविध खाले अनौपचारिक शिक्षा कार्यक्रममा सहभागी गराइनेछ ।
♦ सबैखाले संघ संस्था र सञ्चारका माध्यमहरूलाई परिचालन गरिनेछ ।
♦ सामाजिक, आर्थिक एवम् शैक्षिक दृष्टिकोणले पछाडि परेका समुदायको शिक्षामा पहुँच बढाउने उपयुक्त पाठ्यक्रम, शिक्षक र सहयोगी कार्यकर्ता तयार पारिनेछ ।
♦ आर्थिकरूपले विपन्न सहभागीहरूलाई साक्षर बनाई आयआर्जन समूहमा आबद्ध गरिनेछ ।
रणनीति
माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ समुदाय परिचालन कार्यक्रममार्फत् सर्वेक्षण गरी गाउँ÷नगर शिक्षा योजना बनाउने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले परिवारिभित्रको लक्षित व्यक्तिसमेत पहिचान गरी त्यसलाई मिल्ने गरी कार्यक्रमहरूको तय गर्ने ।
♦ स–साना समूहका साक्षरता कार्यक्रमको व्यवस्था गर्ने ।
♦ विभिन्न कुनाकाप्चा र समूह उपसमूहमा रहने व्यक्तिहरूलाई सेवा पु¥याउन स्वयंसेवीहरू तयार गरी परिचालन गर्ने ।
♦ लक्षित क्षेत्रहरूमा प्रौढ÷महिला साक्षरता, मौखिक साक्षरता कार्यक्रम, वैकल्पिक विद्यालय, खुला विद्यालय र खुला विश्वविद्यालयहरूको विस्तार गर्ने ।
♦ छोटो अवधिका कार्यक्रमहरू र प्याकेजहरू विकास गरी कार्यान्वयन गर्ने ।
♦ कार्यक्रमहरू अनौपचारिक शिक्षाका शिक्षार्थीहरूको समयानुकूल सञ्चालन गर्ने ।
♦ साक्षरता न्यून रहेका भौगोलिक क्षेत्रमा कार्यक्रम लक्षित गर्ने ।
♦ साक्षरता न्यून रहेका वर्ग जात जातिमा कार्यक्रम लक्षित गर्ने ।
♦ विशेष अवस्थाका बालबालिका जस्तैः द्वन्द्वबाट पीडित र बालश्रमिकहरूमा कार्यक्रमहरू लक्षित गर्ने ।